करण केसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट लिने दोस्रो नेपाली खेलाडी

काठमाडौँ, ४ असार । करण केसी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले यो आँकडा पूरा गरेका हुन् । ३३ वर्षीय करणले ८० औं खेलमा एक सय विकेट पुरा गरे ।

यसअघि टी–२० मा एक सय भन्दा धेरै विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने थिए । उनले नेपालबाट ५८ खेलमा एक सय ११ विकेट लिइसकेका छन् ।

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हरायो ।

जीतसँगै नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डको समान २ अङ्क भएको छ । यसअघि सोमवार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

आइतवार भएको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

आज स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार