रुसी आक्रमणमा १४ युक्रेनीको मृत्यु

एजेन्सी, ३ असार । रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा परी १४ युक्रेनी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रोयर्टसका अनुसार मंगलबार बिहान रुसले युक्रेनी राजधानी किएभ र छेउछाउका २७ स्थानमा आक्रमण गरेको थियो ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले आक्रमणबाट आवासीय भवनहरु, शिक्षण संस्था जस्ता भौतिक पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।

१० दिनअघि पनि रुसले युक्रेनका विभिन्न सहरमा हवाई आक्रमण गरेको थियो । जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने २० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका थिए ।

झण्डै ती वर्षको द्वन्द्वपछि रुस र युक्रेनबीच ‘फेस टु फेस’ वार्तामा बसे पनि एकअर्का विरुद्ध आक्रमणमा कुनै कमी आएको छैन । टर्कीएको राजधानी इस्तानबुलमा रुस र युक्रेनका अधिकारीहरू दुई पटक वार्तामा बसिसकेका छन् । तर दुवै वार्ताबाट युद्ध रोक्ने विषयमा उल्लेख्य प्रगति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।