टी-२० सिरिज : स्कटल्याण्डसँग नेपाल भिड्दै

काठमाडौँ, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा १२ वर्षपछि खेल्न लागेको हो भने टी-२०आईमा यो पहिलो भेट हुनेछ । सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डको त्यसबेलाको टोलीबाट माइकल लिस्क र सफिया शरिफ अहिले पनि टोलीमा छन् । त्यसबेला रिची बेरिङटन लिग २ शृंखलामा एकदिवसीय खेलेपनि अहिलेको शृंखलाको टी-२० टोलीमा भने छैनन् ।

नेपालले टी-२०आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । त्यसकारण टी-२०आई मान्यताको यो पहिलो भेट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरीमा महाशिवरात्रीको पावन अवसरमा चन्द्रागिरीमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाईएको छ ।

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि