प्रभास अभिनित ‘द राजा साब’को टिजर सार्वजनिक

काठमाडौँ, ३ असार । प्रभास अभिनित भारतीय फिल्म ‘द राजा साब’को टिजर रिलिज भएको छ ।

यो एउटा यस्तो विधा हो जसमा प्रभास पहिलो पटक देखिँदैछन् । यो एक हरर कमेडी फिल्म हो । टिजरका केही झलक सुपरस्टार रजनीकान्तसँग पनि मिल्दोजुल्दो छन् । यो फिल्म एकदमै भव्य र ग्ल्यामरस देखिन्छ जसलाई भीएफएक्सले अझै सुन्दर बनाइदिएको छ ।

लगभग २ मिनेट २८ सेकेन्डको यो टिजरमा प्रभासले फ्यानको मन जितेका छन् । यो टिजर जंगलमा रहेको डरलाग्दो किल्लाबाट सुरु हुन्छ जहाँ एउटा डरलाग्दो संवाद सुनिन्छ, ‘यो घर मेरो शरीर हो, यहाँको धन मेरो आत्मा हो, म गएपछि यसको आनन्द लिनेछु ।’

फिल्म रिलिजको कुरा गर्दा, ’द राजा साब’ डिसेम्बर ५, २०२५ मा हलहरूमा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।