इजरायली आक्रमणमा इरानी इन्टेलिजेन्स चिफ मारिए

एजेन्सी, २ असार । इजरायलको हवाई आक्रमणमा परी इरानको इन्टेलिजेन्स चिफ मारिएका छन् ।

इरानको सरकारी मिडियाका अनुसार इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोर (आईआरजीसी)का इन्टेलिजेन्स युनिटका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको हो । 

आईआरजीसीसँग जोडिएको तस्त्रीम न्युज एजेन्सी र इरानको सरकारी टेलिभिजनका अनुसार काजेमीबाहेक उनका डिप्टी हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएका छन् ।

यसअघि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘तपाईंलाई म यो भन्न सक्छु कि हामीले इरानका इन्टेलिजेन्स प्रमुख र उनका डिप्टीलाई मारेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।