एनओसी जारी गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ, १ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) का विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

शिक्षामन्त्री रघुजी पन्तले मन्त्रिस्तरीय निर्णय गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक  कृष्णप्रसाद काप्रीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । 

कार्यदललाई एनओसी जारी गर्ने विषयमा अध्ययन गर्ने कार्यादेश दिइएको छ । शिक्षामन्त्री पन्तले विद्यार्थीलाई कक्षा १२ पास गर्ने वित्तिकै एनओसी दिन नहुने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई