ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौँ, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बाल शिक्षा (ईसीडी) एक वर्षको बनाउन प्रस्ताव गरेको छ ।

शिक्षा समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले ईसीडी एक वर्षे बनाउने सरकारको धारणा रहेको बताएका हुन् । गर्भावस्थादेखि ८ वर्षसम्मलाई ईसीडीको अवधि मानेको बताउँदै मन्त्री पन्तले मन्त्रालयको समेत धारणा एक वर्षे नै बनाउने भन्ने रहेको बताए । विद्यालय शिक्षा विधेयकमा भने दुई वर्षे ईसीडी बनाउने प्रस्ताव थियो । तर, शिक्षामन्त्री पन्तले भने दुई वर्षे बनाउँदा आर्थिक दायित्व २८ देखि ३० अर्बसम्म बढ्ने बताए । 

युनेस्कोले सार्वजनिक गरेको सन् २०२४ को विश्वव्यापी अनुगमन प्रतिवेदन अनुसार विश्वका १८३ देशमध्ये ६३ देशले एक वर्षे पूर्व प्राथमिक वा बाल विकास कार्यक्रमलाई आफ्नो देशको राष्ट्रिय कानुनमा समावेश गरेको उनको भनाइ छ । विश्वका १८४ देशमध्ये ५१ देशले एक वर्षे पूर्व प्राथमिक शिक्षालाई अनिवार्य गरेका र १९४ मध्ये ४६ देशमा अनिवार्य र निःशुल्क रहेको बताए । 

‘इन्डिया र चाइनाको यो तीन वर्षलाई हेर्नुहुन्छ भने उसले ६ क्लासदेखि, ६ वर्षदेखि एक क्लासमा जाने कन्सेप्ट राखेको देखिन्छ । त्यसैले हामीले पनि प्रस्ट भन्नुपर्यो, विद्यालय शिक्षा प्रवेश गर्ने क्लास वानको उमेर कुन हो ? त्यो तोक्न सक्नुपर्‍यो । र देशको आफ्नो आर्थिक अवस्था अनुसार हुन्छ । हामीले कति खर्च लाग्छ भनेर हेर्दा दुई वर्षे बनाउने हो भने झन्डै २८ देखि ३० अर्ब रुपैयाँ लाग्छ,’ उनले भने ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष