काठमाडौँ, ३१ जेठ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शृङ्खलाका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा रुपेश र किरण समेटिएका हुन् ।
नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ । टोलीमा लोकेश बमले पुनरागमन गर्नेछन् ।






