इजरायलमा गरिएको इरानको हमलामा कम्तीमा ४० जना घाइते

तेल अभिभ, ३१ जेठ । इरानले इजरायलमाथि ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । यो हमला तेहरानका आणविक स्थलहरू र सैनिक नेताहरूमाथि इजरायली आक्रमणको प्रतिशोधमा गरिएको हो।

शुक्रबार राति तेल अभिभ र जेरुसलेममा विस्फोटको आवाजहरू सुनिएको थियो र इजरायलभरि साइरन बजाइएको थियो। इरानले यस अपरेशनलाई ‘ट्रू प्रमिस ३’ नाम दिएको छ ।

इजरायलले शुक्रबार बिहानै इरानका वरिष्ठ वैज्ञानिकहरू, सैन्य कमाण्डरहरू र आणविक सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व हमला गरेको थियो। इरानी सर्वोच्च नेता अली खामेनीले इजरायलको आक्रमणले ‘युद्धको सुरुआत’ गरेको बताउँदै ‘हिट एण्ड रन’ रणनीति अपनाएर सजिलै उम्कन नदिने चेतावनी दिए ।

हालैका आक्रमणहरूमा इजरायलमा कम्तीमा ४० जना घाइते भएका छन् । उनीहरूलाई इजरायलका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

तेल अभिभको इचिलोभ अस्पतालमा १८ जनाको उपचार भइरहेको छ। पेताह टिक्वाको बेलिन्सन अस्पतालमा ७ जनालाई भर्ना गरिएको छ, जसमा एक जना गम्भीर अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।