अनेरास्ववियुको अध्यक्षमा डा. कडरिया निर्वाचित, पदाधिकारीमा को-को भए विजयी ? (सूचीसहित)

काठमाडौँ, ३० जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्षमा रामेछापका डा. सुजन कडरिया निर्वाचित भएका छन् । २४ औँ महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार विद्युतीय मेसिनमार्फत भएको मतदानबाट म्याग्दीका प्रकाश पौडेललाई पराजित गर्दै कडेरिया अध्यक्षमा निर्वाचित भएका हुन्।

कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पौडेलले ७२५ मत प्राप्त गरे। उनीहरु दुवैजना अघिल्लो कार्यसमितिमा सचिव थिए । त्यसैगरी खुल्ला उपाध्यक्षमा रामेछापकै ई. विकास श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन् । श्रेष्ठले ७०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राजकुमार ढकालले ४२९ मत प्राप्त गरे ।

त्यसैगरी महिला उपाध्यक्षमा अञ्जना सिवाकोटीले ७७५ मत ल्याउँदै निर्वाचित भएकी छन्। महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन्। धामीले ७८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी आरके रोमसले ५५४ मत प्राप्त गरे।

त्यसैगरी सचिवमा आकाश घर्ती, ई. रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल विजयी भएका छन्। सचिवालय सदस्यमा ४० जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई