विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् ।

आज राजर्षी जनक विश्वविद्यालय जनकपुरको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले रुचीको विषय पढेर प्रतिभा देखाउन विद्यार्थीहरूलाई सुझाव समेत दिए । 

उनले भने, ‘पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम गर्न सक्छन् ।’

विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले राजर्षी जनक विश्वविद्यालयमा पढेका विद्यार्थी हरेक ठाउँमा पूर्ण हुनुपर्नेमा जोड दिए । जनकपुर ज्ञानको भूमि भएको चर्चा गर्दै विश्वविद्यालयले जुनसुकै ठाउँमा पनि आफ्नो प्रतिभा देखाउन सफल हुने उनले बताए । सरकारले विश्वविद्यालयको लागि काम गरिरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्