भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौँ, २६ जेठ । भारतमा सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ३३ पुगेको छ ।

त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ५३ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी सक्रिय संक्रमित केरलमा रहेका छन् । केरलमा सक्रिय संक्रमित संख्या १ हजार ९ सय ५० पुगेका छन् । त्यस्तै गुजरातमा ८२२, पश्चिम बंगालमा ६ सय ९३ र दिल्लीमा सक्रिय संक्रमितको संख्या ६ सय ८६ पुगेको छ । जनवरी १, २०२५ देखि भारतमा कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर दुई सातादेखि पूर्वतयारी गरिरहेको बताएका छन् । उनले भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्