अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध

एजेन्सी, २६ जेठ । आजदेखि १२ देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो ।

यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ । यो रोक आप्रवासन र गैर-आप्रवासन (नन-इमिग्रेशन) दुवै प्रकारका भिसामा लागू हुनेछ ।

राष्ट्रपति ट्रम्पले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धअन्तर्गत अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । त्यस्तै, आंशिक प्रतिबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।

ट्रम्पले अमेरिकी नागरिकहरूको सुरक्षा र जीवनको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै यो निर्णय गर्नुपरेको बताएका थिए । ‘अमेरिका यस्तो विदेशीबाट सुरक्षित रहनुपर्छ, जो आतंकवादी आक्रमण गर्न, राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन, घृणा फैलाउन वा आप्रवासन कानूनको दुरुपयोग गर्न खोज्छन्,’ उनले भनेका थिए ।

आंशिक प्रतिबन्ध लागू भएका देशका नागरिकहरूलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक लगाइन्छ । जस्तै, इमिग्रेशन भिसा नदिइए पनि पर्यटक भिसा प्राप्त गर्न सकिन्छ । विद्यार्थीलाई अनुमति दिइन्छ, तर वर्क पर्मिटसहितको भिसामा रोक लाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्