कोकोले जितिन् फ्रेन्च ओपन

काठमाडौँ, २५ जेठ । अमेरिकी खेलाडी कोको गौफले शनिबार फ्रेन्च ओपन टेनिसको महिला एकलको उपाधि जितेकी छन् ।

यस क्रममा उनले रोलान्ड ग्यारोसमा भएको उतारचढावपूर्ण फाइनलमा बेलारुसकी नम्बर एक खेलाडी आर्यन सबालेन्कालाई तीन सेट चलेको खेलमा पराजित गरिन् ।

पहिलो सेट गुमाएयता २१ वर्षीया गौफले उत्कृष्ट पुनरागमन रचिन् । उनले खेल ६–७ (७/५), ६–२, ६–४ ले खेल आफ्नो पक्षमा पारिन् । पहिलो सेट गुमाएपछि गौफले लय समातेकी थिइन् । उनले फ्रेन्च ओपनको उपाधि जितेको यो पहिलो पटक हो । गौफको समग्रमा ग्रान्ड स्लाम उपाधि जित यो दोस्रो पटक हो ।

यसअघि उनले सन् २०२३ मा यूएस ओपन जितेकी थिइन् । त्यतिबेला पनि गौफले फाइनलमा २७ वर्षीया सबालेन्कालाई नै पराजित गरेकी थिइन् । स्वाटेकले लगातार तीन वर्ष फ्रेन्च ओपन जित्दै उपाधिमा ह्याट्रिक गरिन् । स्वाटेक २०२० की पनि विजेता थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान