नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा प्याट्रिक नियुक्त

काठमाडौँ, २२ जेठ । नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन् ।

प्याट्रिक औपचारिक रूपमा महिला राष्ट्रिय टोलीले पाएको पहिलो विदेशी प्रशिक्षक हुन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाको प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुई जनाबाट उनको नाम फाइनल गरेको हो ।

६० वर्षीय प्याट्रिकले यसअघि नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा काठमाडौँ रेजर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

अब उनले उज्बेकिस्तानमा हुने एएफसी महिला एशियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्नेछन् ।

प्याट्रिकसँग यसअघि सोमालिया राष्ट्रिय फुटबल टोली, रुवान्डाको टोली,चीनको २३ वर्षमुनिको टोली, अल्जेरियाको टोली र हङ्गेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेको अनुभव छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १४ असोज । आज २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको चतुर्थी