फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्त गर्दै त्रिवि

काठमाडौँ, २० जेठ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्तिका लागि कार्यविधि बनाउने गृहकार्य थालेको छ ।

लिखित परीक्षाविनै पीएचडी गरेको र अन्तर्राष्ट्रिय जनरलमा आर्टिकल प्रकाशित गरेको आधारमा त्रिविले १०० जना उपप्राध्यापक स्थायी नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । तर सर्वोच्च अदालतले समेत त्रिविलाई खुला प्रतिस्पर्धामा असर पर्नेगरी कुनै पनि नियुक्ति प्रक्रिया नगर्न परमादेश जारी गरेको छ ।

आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष गोकुल लिम्बूले त्रिभुवन विश्वविद्यालयले फास्ट ट्र्याकको नाममा लिखित परीक्षाविना नै अन्तर्वार्ताको आधारमा १०० जनालाई उपप्राध्यापक बनाउन खोजेको आरोप लगाए । आफन्तलाई नियुक्ति गर्न यस्तो प्रक्रिया अपनाउन थालिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा