स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, २० जेठ । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ ।

स्कटल्याण्डमा घरेलु टोलीले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा करण केसी नायक बने । उनले ४१ बलमा ६५ रनको अविजित इनिङ खेले । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरे । ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र आसिफ शेखले २० रनको योगदान दिए ।

बलिङमा स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले ३, ज्याक जार्भिस र माइकल लिस्कले समान २ तथा जास्पर डेभिडसन र मार्क वाटले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो ।

स्कटल्याण्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फिनले म्याकक्रियाथले ५५, रिची बेरिंटनले ४० र म्याथ्यू क्रसले ३९ रनको योगदान दिए ।

बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए । स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यो जितपछि नेपाल लिग(२ मा अंकतालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ । १३ खेलमा ८ अंक जोड्दै नेपाल सातौँ स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १४ असोज । आज २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको चतुर्थी