एलन मस्कले ल्याए एक्सच्याट

काठमाडौँ, १९ जेठ । एलन मस्कले आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा नयाँ म्यासेजिङ फिचर लञ्च गरेका छन् । एक्सच्याट नाम दिइएको यस सेवामा यूजरले म्यासेज, भिडियो र अडियो कलको सुविधा पाउनेछन् । 

यसमा एन्ड–टू–एन्ड इनक्रिप्शन, अटो डिलेटेड सन्देश र हरेक प्रकारका फाइलहरू सेन्ड गर्ने अप्शन आदि फिचर पनि छन् । यो सुविधा अहिले बीटा वर्जनमा मात्रै उपलब्ध छ । मस्कले आइतबार यो फिचरबारे जानकारी दिएका थिए । 

‘नयाँ एक्सच्याटको रोलआउट गरिँदैछ । यसमा इनक्रिप्शन, आफैं बिलाउने म्यासेज र फाइल सेन्ड गर्ने विकल्प छन्,’ मस्कले पोष्टमा लेखेका छन् । यसमा बिटक्वाइन–स्टाइल इनक्रिप्शनको प्रयोग गरिएको दाबी मस्कको छ । यो अर्काे न्यू आर्किटेक्चरमा तयार भएको उनले बताए । मस्कले अर्को पोस्टमा एक्सच्याटको मद्दतले प्रयोगकर्ताले अडियो र भिडियो कल गर्न सक्ने बताएका छन् । यसमा ह्वाट्स एपको जस्तै मोबाइल नम्बर लिङ्क गर्नु पर्दैन ।

यो अहिले परीक्षण चरणमा छ । केही व्यक्तिको मोबाइलमा यसको परीक्षण भइरहेको बताइएको छ । तर यसलाई कहिले सर्वसाधारणको लागि लञ्च गरिन्छ भनेर कम्पनीले अहिलेसम्म केही पनि भनेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank