प्रिमियर लिग करातेमा एरिकालाई कांस्य पदक

काठमाडौँ, १९ जेठ । नेपाली कराते खेलाडी एरिका गुरुङले प्रतिष्ठित प्रतियोगिता कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी छन् ।

हिमालयन वारियर एरिकाले आइतबार राति मोरक्कोको राजधानी रावतमा प्रिमियर लिगमा महिला ६८ केजीमाथि तौल समूहमा उक्त सफलता पाएकी हुन् । कांस्य पदकको प्रतिस्पर्धामा एरिकाले फ्रान्सेली खेलाडी क्लेमेन्स पिईलाई ६–२ अंकले पराजित गरेकी थिइन् ।

स्पेनिस मारिया गार्सिया टोरेससँग पराजित भएपछि उनी कांस्य भिडन्तमा पुगेकी हुन् । मारियासँग ५–५ अंकको बराबरी खेलेपछि सेन्सुका आधारमा एरिका पराजित भएकी थिइन् । त्यसपछि उनी कांस्यको भिडन्तमा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १४ असोज । आज २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको चतुर्थी