विश्वकप लिग टू : उद्घाटनमा नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौँ, १९ जेठ । विश्वकप लिग टू अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल र स्कटल्याण्डको खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शुरू हुनेछ । नेपाली टोली एक हप्ता अघिदेखि  स्कटल्याण्डमा छ । नेपाली राष्ट्रिय टोलीले  ७ महिनापछि एकदिवसीय खेल्न लागेको हो ।

लिग टू को अङ्क तालिकामा नेपाल १२ खेलमा २ जीतका साथ ६ अङ्कसहित तालिकाको पुछारमा छ । स्कटल्याण्ड भने १६ खेलमा २० अङ्क जोड्दै चौथो स्थानमा छ । नेदरल्यान्ड्स २० खेलबाट २६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।

नेपालले पर्सि बुधवार नेदरल्यान्डसँग खेल्नेछ । यस्तै नेपालले आउँदो  आइतवार फेरि स्कटल्याण्डसँग र  अर्को हप्ता मङ्गलवार नेदरल्यान्डसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको

काठमाडौँ, १२ असोज । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले