राष्ट्रपतिसँग राखेपका सदस्य-सचिव घिसिङको भेट

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेट गरेका छन् ।

भेटका अवसरमा राष्ट्रपतिलाई सदस्य–सचिव घिसिङले वर्तमान नेपाली खेलकुदको अवस्था तथा राष्ट्रिय खेलकुद परिषद्ले गरेका काम तथा भावी योजनाबारे जानकारी दिएका छन् ।

भेटका अवसरमा सदस्य–सचिव घिसिङले १५औँ संस्करणको केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनमा प्रमुख आतिथ्यताका लागि राष्ट्रपतिलाई निमन्त्रणा दिएका हुन् ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदै छ । खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको