नेपाल डिजिटल युगको चरणमा छ : मन्त्री गुरुङ

जापान, १६ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले डिजिटल क्षेत्रमा छलाङ् मार्ने चरणमा रहेको दावी गर्नुभएको छ ।

जापानको टोकियोमा भईरहेको एसिया-प्रशान्त दूरसञ्चार (एटीपी) मन्त्रीस्तरीय बैठक २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दुरुदर्शितामा सूचना प्रविधिको उद्योगको स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने जिडिपी बढाउने, नविन र समावेशी अर्थतन्त्र बढाउन दृढ संकल्पका साथ अगाडी बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल डिजिटल छलाङको चरणमा छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा हामी आइटी उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, जिडीपी बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ संकल्पका साथ काम गरिरहेका छौं । हामीले नीति, पूर्वाधार र उच्च दक्ष मानव संसाधन विकासमा हाम्रा कार्यहरूलाई प्राथमिकता दिइरहेका छौं ।’ उहाँले नेपाल सरकारले पछिल्लो समय गरिरहेका सूचना प्रविधि, प्रगति र भावि रणनीतिको बारेमा स्पष्ट पार्नुएको मन्त्रालयका सूचना प्रविधि विज्ञ सल्लाहकार डा. सालिग्राम पराजुलीले जानकारी दिनुभयो ।

प्रविधि हस्तान्तरण, क्षमता निर्माण र नीतिगत संलग्नतामा एटिपीले प्रदान गरेको सहयोगलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क लाई उच्च प्राथमिकता र खेल परिवर्तक परियोजना राखिरहेको उल्लेख गर्नुभयो । पछिल्लो समय विश्वव्यापी रुपमा प्रविधिको उच्च विकासँगै डिजिटल क्षेत्रको विकास र विस्तार नेपालको लागि सवैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले मानव विकासको पुलको रुपमा डिजिटल क्षेत्रलाई नेपालले अंगालेको बताउनुभयो । नेपाली जनतालाई सशक्त बनाउने, साइबर सुरक्षा स्थिति निर्माण गर्ने, लचिलो डिजिटल पूर्वाधारमा लगानी गर्ने, सरकार, व्यवसाय र समाजमा क्षमता निर्माण गर्ने र उनीहरूको डेटा सुरक्षित गर्ने र नवप्रवर्तनलाई तीव्र बनाउने हाम्रो प्रमुख चासोको विषय भएको उहाँले उल्लेख गर्नुभयो । सरकारले डिजिटल नेपालको अभियान नै सञ्चालन गर्दै २१औं शताव्दीमा प्रविधिविना कुनै पनि विकास र समृद्धि असम्भव रहेको उहाँले बताउनुभयो ।

‘नेपाल सरकारको तर्फबाट, म एटिपीको दृष्टिकोणलाई अगाडि बढाउन नेपालको प्रतिबद्धता दोहोर्याउँछु । एआई, ५जी लगायतका अन्य डिजिटल समावेशीकरणका लागि फ्रन्टियर टेक्नोलोजीहरू अँगाल्ने, क्षेत्रीय साइबर सुरक्षा सहयोगलाई सुदृढ पार्ने, सामंजस्यपूर्ण नियामक ढाँचाहरूलाई समर्थन गर्ने र हाम्रो मानव संसाधनलाई उत्थान गर्ने र डिजिटल विभाजनलाई पुल बनाउने वार्षिक क्षमता विकास कार्यक्रमहरूलाई गहन बनाउनेछौं ।’, उहाँले भन्नुभयो, ‘हामी विश्वव्यापी टेक कम्पनीहरू र डिजिटल इकोसिस्टम सक्षमकर्ताहरूलाई सस्तो र स्वच्छ ऊर्जा प्रयोग गरेर नेपालमा डाटा सेन्टर, कम्प्युटिङ र एआई केन्द्रहरू स्थापना गर्न आमन्त्रित गर्दछौं, जेनजीको उत्थान, कनेक्टिभिटी बढाउन डिजिटल गभर्नेन्स, र क्लाउड पूर्वाधारमा सहकार्य गरौं । डिजिटल क्रान्तिमा कुनै पनि राष्ट्र वा समुदाय पछाडि रहनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा