आयात कर लगाउने ट्रम्पको निर्णयमाथि अदालतको रोक

एजेन्सी, १५ जेठ । अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक आयात कर लगाउने निर्णय रोकिदिएको छ । 

विदेशबाट अमेरिका आउने सामानमा व्यापक आयात कर लगाउने डोनाल्ड ट्रम्पको आर्थिक नीतिको एक प्रमुख अंश हो ।

अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतले ट्रम्पले जारी गरेकोे आपत्‌कालीन कानुनले राष्ट्रपतिलाई हरेक देशमा एकतर्फी रूपमा ‘ट्यारिफ’ लगाउने अधिकार नदिने आदेश जारी गरेको बीबीसीले जनाएको छ । अमेरिकाको न्युयोर्क राज्यका महान्याधिवक्ता जनरलले यो निर्णयको स्वागत गरेका छन् । 

अदालतले ट्रम्प प्रशासनले चीन, मेक्सिको र क्यानाडामा लगाएको करमा पनि रोक लगाएको छ ।

ट्रम्प प्रशासनले यस निर्णयविरुद्ध पुनरावेदन गरेको छ । ह्वाइट हाउसका प्रवक्ताले भने, “राष्ट्रिय आपत्‌काललाई कसरी सम्बोधन गर्ने भन्ने निर्वाचित नभएका न्यायाधीशहरूले निर्णय गर्ने कुरा होइन ।”

यो आदेशलाई अमेरिकाले चीन, मेक्सिको र क्यानडामा लगाएका छुट्टै करहरूलाई पनि रोक लगाएको छ । अमेरिकामा डेमोक्र्याट पार्टीले अदालतको फैसलालाई स्वागत गरेका छन् ।

एक वाइन आयातकर्ता र साइकल स्टोर कम्पनीहरूले यो मुद्दा दर्ता गरेका थिए । न्युयोर्कमा अवस्थित वाइन आयातकर्ता कम्पनीले आयात करले उसको व्यवसाय मात्र नभएर उनीहरूमा आश्रित किसानहरूको जीविकालाई पनि जोखिममा पारेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।