एलन मस्कले तोडे ट्रम्प प्रशासनसँगको सहकार्य

वाशिङ्टन, १५ जेठ । अमेरिकी बिलिनियर एलन मस्कले राष्ट्रपति ट्रम्प प्रशासनसँगको सहकार्य छाड्ने भएका छन् ।

अमेरिकाको खर्च कटौती निकायका कार्यरत मस्कले सो काम छाड्ने बताएका छन्। यसै वर्ष स्थापित डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीमा मस्क आबद्ध छन् ।

हरेक वर्ष १३० काम गर्ने गरी मस्कलाई विशेष सरकारी कामदारको रूपमा नियुक्त गरिएको थियो। २० जनवरीका दिन ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले मस्कलाई नयाँ जिम्मेवारी दिएका थिए ।

मस्कले यो काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । उनको सामाजिक सञ्जालमा काम नलाग्ने खर्च कटौती गर्न आफूलाई जिम्मेवारी दिएकोमा सबैलाई आभार व्यक्त गरेका छन् ।

ट्रम्पले ल्याएको ‘बिग ब्युटिफुल’ विधेयकमा असहमति जनाएपछि मस्कको डोगका कार्यकाल सकिएको हो। सो विधेयक मार्फत सैन्य खर्च बढाउने कुरामा उनको अनुपस्थिति भएको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।