१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने

काठमाडौँ, १४ जेठ । १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट सङ्घको सह–आयोजनामा यही जेठ १९ देखि ३१ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता कालुन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदान गरी दुई ठाउँमा सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेशका सात वटा टिम सहभागी छन् । लिग चरणमा २१ वटा खेल हुनेछन् । लिग चरणमा सबै टोलीले एकअर्कासँग एक पटक प्रतिस्पर्धा गर्नेछन् । क्यानको वार्षिक क्यालेन्डरअनुसार १६ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका लागि क्यानले आज खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १४ असोज । आज २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको चतुर्थी