अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना नगर्न हार्वर्डलाई ट्रम्प प्रशासनको आदेश

एजेन्सी, ९ जेठ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डसँगको द्वन्द्व थप बढाएको छ ।

ट्रम्प प्रशासनले हार्वर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नदिने कदम चालेको बीबीसीले जनाएको छ । अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले एक्समा पोष्ट गर्दै प्रशासनले हार्वर्डले विद्यमान कानुन पालना गर्न असफल भएको बताएकी छन् । उनले विश्वविद्यालयको विद्यार्थी भर्ना र एक्सचेन्ज भिजिटर कार्यक्रम प्रमाणीकरण रद्द गरेको बताएकी छिन् । 

“यो देशभरिका सबै विश्वविद्यालय र शैक्षिक संस्थानहरूका लागि चेतावनी होस्,” उनले बिहीबार पोष्टमा लेखेकी छिन् ।
हार्वर्डले यो कदमलाई गैरकानुनी भनेको छ । “हामी १४० भन्दा बढी देशबाट आएका हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई आतिथ्य गर्ने क्षमता (अधिकार) कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौँ,” विश्वविद्यालयले विज्ञप्तिमार्फत जवाफ दिएको छ, “जसले यो विश्वविद्यालय र यो राष्ट्रलाई अतुलनीय रूपमा समृद्ध बनाउँन योगदान दिन्छ ।”

ट्रम्प प्रशासनको निर्णयले यो विश्वविद्यालयमा पढ्ने हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रभावित गर्नसक्ने बताइएको छ ।

“हामी हाम्रो समुदायका सदस्यहरूलाई मार्गदर्शन र समर्थन प्रदान गर्न छिटो काम गरिरहेका छौँ । यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्‍याउने चेतावनी दिएको छ,” हार्वडले भनेको छ, “हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई कमजोर बनाएको छ ।” 

विश्वविद्यालयको तथ्यांकअनुसार गत शैक्षिक वर्षमा यो विश्वविद्यालयमा ६ हजार ७०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए ।  यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत थियो ।

ह्वाइट हाउसले हार्वर्डलाई विश्वविद्यालयमा यहूदीविरोधी भावना कम गर्न भर्ना र शिक्षण तरिकाहरूमा परिवर्तन गर्न माग गरेको छ । यसले विश्वविद्यालयको करमुक्त अवस्था रद्द गर्न र सरकारी अनुदानको अरबौँ डलर रकम फ्रिज गर्ने धम्की दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्