गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसङ्घको भनाइ

एजेन्सी, ७ जेठ । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

राष्ट्रसङ्घका अनुसार ११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सहायता सामग्री भने वितरण भएको छैन ।

इजरायली अधिकारीहरूले हिजो ९३ वटा ट्रक गाजामा प्रवेश गरेको बताएका छन् । ट्रकमा आटा, शिशु खाना, चिकित्सा उपकरण र औषधिसहितको सहायता सामग्री रहेका बीबीसीले जनाएको छ ।

इजरायलले गएको् आइतवार गाजामा केही मात्रामा खाद्यान्न प्रवेश गर्न अनुमति दिन सहमति जनाएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सहमतिअनुसार सहायता वितरण गर्न नसकेको बताएको छ ।

विश्वव्यापी विज्ञहरूले गाजामा अनिकालको चेतावनी दिएर इजरायलले गाजामा सहायता सामग्री आपूर्ति रोक्न नहुने दबाब दिइरहेका छन् । तर इजरायलले कसैको दबाब पनि स्वीकार नगरेको राष्ट्रसङ्घको आरोप छ ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले गाजाको दीर्घकालीन मानवीय सङ्कटलाई सम्बोधन शुरू गर्न प्रति दिन ६ सय ट्रक आवश्यक पर्ने अनुमान गरेका छन् ।

राष्ट्रसङ्घले तत्काल खाद्यान्न वितरण हुन नसकेमा १४ हजार  शिशुले ज्यान गुमाउने चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्