थाइल्यान्डविरुद्ध नेपालको हार

काठमाडौँ, ६ जेठ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग ७८ रनको हार व्यहोरेको छ । 

आज थाइल्यान्डमै भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।

नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् । राजमती ऐरीले १९ रन बनाउँदा रुविना क्षेत्रीले १२ रन थपिन् । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । नेपालका दुई ब्याटर गोल्डेन डक हुँदा अरू दुई ब्याटर डक भए । 

नेपाललाई सस्तैमा समेट्न ओनिचा काम्चोम्फुले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले एक मेडन फ्याँक्दै ११ रन खर्चिइन् । थिपट्चा पुथावोङले तीन विकेट लिइन् । यस्तै, सुलिपोर्न लाओमीले एक विकेट हात पारिन् । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो ।

थाइल्यान्डकी नाताया बुचाथाम र नानापाट कोन्चारोएन्काईले समान ५० रन बनाए । यस्तै, अफिसारा सुवान्चोनराथीले २९ र नाथाकान चान्थमले १५ रन थपे । 

नेपालका राजमति ऐरी र मनीषा उपाध्यायले समान एक विकेट लिए । 

यो हारका बाबजुद नेपाल एसिया छनोटको शीर्ष दुईमा रहँदै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ । 

नेपालले यसअघि सोमबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान सुनिश्चित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान

काठमाडौँ, ११ असोज । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आज दिउँसो

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको