इजरायली सेनाले प्यालेस्टिनीलाई दियो खान युनिस शहर खाली गर्न आदेश

काठमाडौँ, ६ जेठ । इजरायली सेनाले प्यालेस्टिनीहरूलाई खान युनिस शहर खाली गर्न आदेश दिएको छ ।

इजरायली सेनाले खान युनिससहित बानी सुहेला र अबासनमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै ती ठाउँ छोड्न भनेको बीबीसीले जनाएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ता अवीचाई आड्राईले यी क्षेत्रमा आतङ्कवादी सङ्गठनहरूको शक्तिलाई नष्ट गर्न अभूतपूर्व आक्रमण शुरू गर्ने सामाजिक सञ्जाल एक्समार्फत बताएका छन्  । आईडीएफका प्रवक्ताका अनुसार खान युनिस शहर अब खतरनाक युद्ध क्षेत्र मानिनेछ ।

यसअघि इजरायली सेनाले गाजामा ‘ठूलो स्थल कारबाही’ शुरू गरेको बताएको थियो । साथै इजरायलले १० हप्ताको नाकाबन्दीपछि भोकमरीको सङ्कट नहोस् भन्दै गाजामा आवश्यक मात्रामा खाना पठाउन अनुमति दिने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्