भारतीय नम्बरको गाडीको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडीले विपरीत दिशामा रहेको लु ३६ प २५०० नम्बरको मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १ सण्डा बस्ने २२ वर्षीय जीवन यादवलाई सुनवल नगरपालिका ९ स्वाठीमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएकोमा राति करिब ८ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

यादवलाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको सानो गाडी भागेको थियो । त्यसको खोजी भइरहेको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति