पूर्वराष्ट्रपति  बाइडेनलाई ‘आक्रामक’ प्रोस्टेट क्यान्सर भएको पुष्टि

वासिङ्टन, ५ जेठ । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ जुन उनको हड्डीसम्म फैलिएको छ ।

उनको कार्यालयबाट आइतबार जारी विज्ञप्तिमार्फत यो जानकारी दिइएको हो । ८२ वर्षीय बाइडेनले गत हप्ता पिसाबमा देखिएको लक्षणका लागि डाक्टरलाई भेटेपछि शुक्रबार निदान गरिएको थियो । क्यान्सर रोगको यो अझ आक्रामक रूप हो, जसलाई ग्लीसन स्कोरमा १० मध्ये ९ ले चित्रण गर्छ। यसको अर्थ उनको रोगलाई ‘उच्च-ग्रेड’ को रूपमा वर्गीकृत गरिएको छ । क्यान्सर रिसर्च युकेका अनुसार क्यान्सर कोषहरू छिटो फैलिन सक्छन् ।

बाइडेन र उनको परिवारले उपचारका विकल्पहरूको समीक्षा गरिरहेको बताइएको छ । पूर्व राष्ट्रपतिको कार्यालयले क्यान्सर हर्मोन-संवेदनशील छ, जसको अर्थ यसलाई सम्भवतः व्यवस्थापन गर्न सकिन्छ ।

यो समाचार बाहिरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उनी र प्रथम महिला मेलानिया ट्रम्प यसको बारेमा सुनेर दुःखी रहेको बताएका छन् । उनले भने, ‘हामी जोको छिटो र सफल स्वास्थ्यलाभको कामना गर्दछौं ।’

बाइडेनको नेतृत्वमा काम गरेकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले एक्समा उनी र उनका पति डग एमहोफले बाइडेन परिवारलाई आफ्नो प्रार्थनामा राखिरहेको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्