मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ ।
एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण भएको थियो । यो आक्रमणको योजना केही लागुऔषध माफियाले बनाएको बताइएको छ । गुजम्यानले अमेरिकी विदेश विभागको लागि समेत सम्झौतामा पनि काम गरेका थिए ।
घटना राति ९ बजे भएको थियो । शुक्रबार ग्वाडालजारा सहरको एउटा रेस्टुरेन्टमा गुजमान सुरक्षा र गुप्तचर तालिम प्रदान गर्ने अन्य दुई पुरुषहरूसँग खाना खाइरहेको समयमा उनीमाथि गोली प्रहार भएको हो । उनले हालै जालिस्को प्रहरीलाई सुरक्षा र गोप्य गुप्तचर तालिम प्रदान दिएको गुजम्यानसँग काम गरिसकेका सेवा निवृत्त एफबीआई एजेन्ट आर्टुरो फोन्टेसले भनेका थिए ।
फोन्टेसले लिंक्डइनमा एउटा पोस्टमा लेख्दै आफू र गुजम्यानले विगत दुई वर्षदेखि अमेरिकी विदेश विभागको अन्तर्राष्ट्रिय लागू औषध तथा कानुन प्रवर्तन शाखा अन्तर्गत मेक्सिकन प्रहरीलाई लागू औषध विरोधी तालिम प्रदान गर्दै आएको बताएका छन् ।
आक्रमणमा हिडाल्गो राज्यका पूर्व उपसुरक्षा सचिव कार्लाेस अमाडोरको पनि मृत्यु भएको छ । यसैबिच तेस्रो प्रशिक्षक पाब्लो काजिगल गम्भीर घाइते भएका छन् । काजिगल चिहुआहुआ राज्यका पूर्वरक्षा सचिव हुन् ।







