अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।

केन्टकी राज्यका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म १८ जनाको ज्यान गएको छ भने मिसौरीमा सात जनाको मृत्यु भएको पुष्टि भएको समाचारमा जनाइएको छ ।

अधिकारीहरूले ज्यान जानेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । मिसौरीका अधिकारीहरूका अनुसार झन्डै पाँच हजार भवनहरूमा क्षति पुगेको छ । धेरैको छाना उडेको छ र विद्युत् लाइनहरू ढलेका छन् । केन्टकी र मिसौरीमा झन्डै एक लाख ४० हजार घरधुरीहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

सेंट लुइसका अधिकारीहरूले सबैभन्दा बढी क्षति भएका क्षेत्रमा घर–घरमा गएर खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । सबैभन्दा बढी क्षति भएका दुई क्षेत्रहरूमा दुर्घटना रोक्न र चोरी नियन्त्रण गर्न राति ९ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।