राष्ट्रिय महिला टोलीको घोषणा

काठमाडौँ, ३ जेठ । ३१ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ ।

शुक्रबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गरेका हुन् । 

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ र लिला जोशी रहेका छन् । 

रक्षकहरूमा गीता राना, निशाा ठोकर, अमृता जैशी, पुजा राना, बिमला बिक, मन माया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी र सविना चौधरी छन् ।

मिड फिल्डरमा रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बू, सरस्वती हमाल, हिमा राउट, तुलसा बोहरा, बिला चौधरी, अनिता बस्नेत, सबिता राना मगर र सुष्मा तामाङ छन् । 

स्ट्राइकरमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चण्ड्रा भण्डारी, अनिता केसी, मिना देउवा, ममता पुन र पुर्णिमा राई छन् । 

योसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको टोली पनि ३१ सदस्यीय बनेको छ । बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् । आगामी मे ३० र जुन ३ मा नेपाल र थाइल्यान्डले मैत्रीपूर्ण खेल खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान

काठमाडौँ, ११ असोज । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आज दिउँसो

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको