सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकारका चाहिने बताउनुभएको हो ।

“मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौँ । अब त्यो भ्रममा रहनु हुँदैन । साना साना स्वार्थ लिएकाहरुले हामी विरुद्ध भ्रम फिँजाएका छन् । त्यस्तो भ्रममा पर्नु हुँदैन । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरुले साथ दिनुपर्छ ।”, अध्यक्ष ओलीले भन्नुभयो, “म युवाहरुलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहान्नँ । आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ । मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन् । रहर लागेर तुरुन्तै डाक्टर, इञ्जिनियर हुँदैनन् । मेहनत र समय आवश्यक हुन्छ । यो वास्तविकता तपाईँहरुले बुझ्नुपर्छ ।”

कार्यक्रममा युवा चिकित्सक, इन्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका