स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग

काठमाडौँ, ३ जेठ । किशोर किशोरीलाई सही मार्गमा अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ ।

बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा. लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने र शिक्षकले पढाउन नसक्ने वातावरणले समस्या भइरहेको बताईन् । 

कक्षा ९ र १० मा भने स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक वर्गमा समेटिएकाले सबैले पढ्न पाउने वातावरण नरहेको उनले जानकारी दिईन् । 

माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा अभियानकर्मी तामाङको जोड छ । किशोर किशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिमा नफस्ने भएकाले यस्ता विषयलाई सञ्चारमाध्यमले जागरण अभियान चलाउनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई