विद्यालय तहमा विद्यार्थीको संख्या ८५ लाख ८७ हजार

काठमाडौँ, २ जेठ । महालेखाको ६२ औं प्रतिवेदनले विद्यालय तहमा विद्यार्थीको संख्या बढेको देखाएको हो ।

महालेखालाई आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको विवरणअनुसार यो वर्ष पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहका ७७ हजार ९४४ विद्यालयमा ८५ लाख ८७ हजार २०६ जना विद्यार्थी छन् ।

जसमा सामुदायिक विद्यालयमा ५६ लाख ३५ हजार ३४२ जना, निजीमा २७ लाख ९४ हजार ४४५ जना र धार्मिक विद्यालयमा १ लाख ५७ हजार ४१८ जना विद्यार्थी छन् ।

अघिल्लो वर्ष ८० लाख ५७ हजार ९३० जना विद्यार्थी थिए । महालेखाको दुई आर्थिक वर्षको प्रतिवेदन हेर्दा ५ लाख २९ हजार २७६ जना विद्यार्थीको संख्या बढेको देखिन्छ ।

७७.६ प्रतिशत सामुदायिक विद्यालयमा ६५.६२ प्रतिशत विद्यार्थी छन् । संस्थागततर्फ विद्यालयको हिस्सा १९.९० प्रतिशत र विद्यार्थीको हिस्सा ३२.५४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको भन्दा यो वर्ष निजी विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढेको छ । गत वर्ष ३१.८५ प्रतिशत विद्यार्थी निजीमा थिए । प्रतिवेदन अनुसार शिक्षकको संख्या ३ लाख २५ हजार ३१० शिक्षक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष