विद्यालय तहमा विद्यार्थीको संख्या ८५ लाख ८७ हजार

काठमाडौँ, २ जेठ । महालेखाको ६२ औं प्रतिवेदनले विद्यालय तहमा विद्यार्थीको संख्या बढेको देखाएको हो ।

महालेखालाई आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको विवरणअनुसार यो वर्ष पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहका ७७ हजार ९४४ विद्यालयमा ८५ लाख ८७ हजार २०६ जना विद्यार्थी छन् ।

जसमा सामुदायिक विद्यालयमा ५६ लाख ३५ हजार ३४२ जना, निजीमा २७ लाख ९४ हजार ४४५ जना र धार्मिक विद्यालयमा १ लाख ५७ हजार ४१८ जना विद्यार्थी छन् ।

अघिल्लो वर्ष ८० लाख ५७ हजार ९३० जना विद्यार्थी थिए । महालेखाको दुई आर्थिक वर्षको प्रतिवेदन हेर्दा ५ लाख २९ हजार २७६ जना विद्यार्थीको संख्या बढेको देखिन्छ ।

७७.६ प्रतिशत सामुदायिक विद्यालयमा ६५.६२ प्रतिशत विद्यार्थी छन् । संस्थागततर्फ विद्यालयको हिस्सा १९.९० प्रतिशत र विद्यार्थीको हिस्सा ३२.५४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको भन्दा यो वर्ष निजी विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढेको छ । गत वर्ष ३१.८५ प्रतिशत विद्यार्थी निजीमा थिए । प्रतिवेदन अनुसार शिक्षकको संख्या ३ लाख २५ हजार ३१० शिक्षक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्