कक्षा १२ को परीक्षा सकेर शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् कप्तान रोहित

काठमाडौँ, २ जेठ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् ।

नेपाली टोलीका बाँकी सदस्य भने मंगलबार नै स्कटल्यान्डतर्फ प्रस्थान गरेका थिए । तर, कक्षा १२ को परीक्षाका कारण कप्तान रोहित टोलीसँग प्रस्थान गरेका थिए । परीक्षा सकिएका कारण अब उनी शनिबार स्कटल्यान्ड प्रस्थान गर्ने जानकारी नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले दिए । 

नेपाली टोलीले आगामी जुन २ तारिखदेखि स्कटल्यान्डमा लिग–२ प्रतियोगिता खेल्दैछ । उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डका अतिरिक्त तेस्रो टोलीको रूपमा नेदरल्यान्ड्स रहेको छ । लिग–२ को जारी संस्करणमा नेपाली टोलीको अवस्था सन्तोषजनक छैन । 

आठ टोलीको सहभागिता रहेको लिग–२ तालिकामा नेपाल ६ अंकसहित सबैभन्दा तल छ । हालसम्म १२ खेल खेलेको नेपाली टोलीले केवल दुई जित र आठ हारको नतिजा निकालेको छ । नेपाली टोलीको दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, ११ असोज । समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण

काठमाडौँ, ११ असोज । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आज दिउँसो

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको