आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर

इस्लामवाद, १ जेठ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कोष सुविधा कार्यक्रम अन्तर्गत पाकिस्तानका लागि १ अर्ब २ करोड ३० लाख डलरको दोस्रो किस्ता जारी गरेको छ ।

यसबाहेक, आईएमएफले पाकिस्तानको बजेटको बारेमा भर्चुअल छलफल पनि सुरु गरेको छ । आईएमएफले दोस्रो किस्ताको रकम मे १६ मा हप्ताको अन्त्यमा यसको विदेशी मुद्रा सञ्चितिमा प्रतिबिम्बित हुने बताएको छ । 

गत हप्ता कोषले विस्तारित कोष सुविधा (ईएफएफ)अन्तर्गत पाकिस्तानलाई १ अर्ब डलर जारी गर्न अनुमोदन गरेको थियो । ईएफएफ व्यवस्थाद्वारा समर्थित पाकिस्तानको आर्थिक सुधार कार्यक्रमको पहिलो समीक्षाप्रति आईएमएफले सन्तुष्टि व्यक्त गरेपछि कोष जारी गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

ईएफएफ अन्तर्गत पाकिस्तानको नीतिगत प्रयासहरूले चुनौतीपूर्ण विश्वव्यापी वातावरणको बीचमा अर्थतन्त्रलाई स्थिर बनाउन र विश्वास पुनर्निर्माण गर्न पहिले नै उल्लेखनीय प्रगति गरिसकेको आईएमएफले भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्