अमरेश सिंहको प्रश्न- नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो ?

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले पार्टी कार्यकर्ताकै भर्ना गर्नुपर्ने हो भनेर सोधे । 

उनले भने, “डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ ? महिला भएको कारणले बनाउन मिल्दैन ? के राष्ट्र बैंकको कर्मचारी भएकाले बनाउन मिल्दैन,” ।

उनले सरकारलाई ऐन उल्लंघनको छुट नभएको बताए । उनले महाप्रसाद अधिकारी अवकाश हुनुअघि एक महिना पहिले गभर्नर किन नियुक्त नभएको भनी सोधे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका