चिकित्सा शिक्षामा १५ सय बढी सिट खाली

काठमाडौँ, ३१ वैशाख । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको कोटा अनुसार देशभरका मेडिकल कलेजमा हजारभन्दा बढी सिट खाली गएका छन् ।

महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनले प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीको संख्या उल्लेख्य हुँदाहुँदै पनि चिकित्सा शिक्षा तर्फको स्नातक र स्नातकोत्तर तहमा गरी १ हजार ५ सयभन्दा बढी सिट खाली रहेको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ अनुसार चिकित्सा शिक्षा आयोगले प्रत्येक वर्ष शिक्षण संस्थाहरूका लागि सिट संख्या निर्धारण गरी प्रवेश परीक्षाबाट छनोट भएका विद्यार्थीलाई म्याचिङ प्रणालीअनुरूप भर्ना गर्नुपर्ने व्यवस्था छ ।

आयोगका अनुसार यस वर्ष स्नातक तहतर्फ मेडिकल र प्यारामेडिकल गरी १५ कार्यक्रमहरूका लागि निर्धारित ७ हजार ६९५ सिटका लागि ५२ हजार ७८१ विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका थिए ।  तीमध्ये २३ हजार २८६ जना (४४.१२ प्रतिशत) उत्तीर्ण भए पनि मात्र ६ हजार ३४२ जना (२७.२३ प्रतिशत) ले भर्ना भए ।

यसैगरी, स्नातकोत्तर तहतर्फ ११ कार्यक्रममा १ हजार ७२४ सिटका लागि ९हजार ६०२ विद्यार्थी प्रवेश परीक्षामा सामेल भई ४हजार ४५२ जना उत्तीर्ण भएकोमा १ हजार ४६७ जना (३२.९५ प्रतिशत) ले मात्र भर्ना पाएको आयोगको तथ्यांकले देखाएको छ ।

प्रवेश परीक्षामा उत्तीर्ण हुनेको संख्या उल्लेख्य भए तापनि आयोगले निर्धारण गरेको सिटमध्ये स्नातक तहमा १ हजार २६४ र स्नातकोत्तर तहमा २५७ सिट अर्थात् कुल १ हजार ५२१ सिटमा विद्यार्थी भर्ना भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र