शिक्षा मन्त्रालयद्वारा हिउँदे वा वर्षे बिदामा पनि पढाउन अनुरोध

काठमाडौँ, ३१ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ ।

नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो ।

मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई मन्त्रालय विशेष अनुरोध गर्दछ,’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्