आतङ्कवादविरुद्धको कारबाही रोकिँदैन : प्रधानमन्त्री मोदी

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले पाकिस्तानमाथि गरिएको आक्रमण आतङ्कवादविरुद्धको आक्रमण भएको स्पष्ट पार्नुभयो । सर्जिकल र एयर स्ट्राइकपछिको ‘अपरेसन सिन्दूर’ भारतको आतङ्कवादविरुद्धको नीति भएको उहाँले प्रस्ट पार्नुभयो । भारतले आतङ्कवादविरुद्ध एउटा सीमारेखा कोर्न सफल भएको दर्शाउँदै उहाँले आतङ्कवादीविरुद्ध कठोर कारबाहीमा उत्रने स्पष्ट पार्नुभयो । पाकिस्तानसँग अब कुरा हुँदा आतङ्कवादकै विषयमा हुने र पाकिस्तानले कब्जा गरेको काश्मीरका विषयमा हुने उहाँले प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “भारतले आक्रमण केवल स्थगित गरेको हो । आगामी दिनमा पाकिस्तानले कस्तो रवैया अपनाउँछ त्यसमा भारतले अपनाउने सशस्त्र शक्ति निर्भर रहन्छ ।” पाकिस्तानसँगको संवादबारे भारतको घोषित नीति नै रहेको बताउँदै मोदीले भन्नुभयो, “यदि पाकिस्तानसँग कुराकानी हुन्छ भने त्यो आतङ्कवादबारे हुन्छ । पाकिस्तानसँग कुराकानी हुन्छ भने पाकिस्तान अधीनस्थ काश्मीरबारे हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्