पाकिस्तानले आतंकवादलाई संरक्षण गरेको मोदीको आरोप

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप लगाएका छन् ।

भारतीय समयअनुसार सोमबार बेलुकी ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए ।

उनले भने, ‘हामी आतंककारीको संरक्षक सरकार र आतंककारीको आँखालाई अलग–अलग रुपले हेर्ने छैनौं,’ ‘पाकिस्तानको फौज र पाकिस्तानको सरकारले जुन तरिकाले आतंकवादलाई प्रश्रय दिइरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गर्छ ।’

पाकिस्तानलाई यदी बच्नुछ भने उसले त्यहाँ भएका आतंकको संरचनालाई ध्वस्त गर्नुपर्ने उनले बताए । ‘यसबाहेक शान्तिको कुनै बाटो छैन, भारतको मत एकदम स्पष्ट छ: आतंकवाद र संवाद एकसाथ हुँदैन,’ मोदीले भने, ‘आतंकवाद र व्यापार एकसाथ चल्न सक्दैन । पानी र रगत पनि एकसाथ बग्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।