अमेरिकाद्वारा चीनसँग व्यापार सम्झौताको घोषणा

एजेन्सी, २९ वैशाख । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको छ ।

“मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ, अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्,” अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, “यस सम्झौताको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिइएको छ । यसको विवरण भोलि जारी गरिनेछ ।” 

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरल पछिल्ला दुई दिन धेरै रचनात्मक भएको बताएका छन् । “हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सक्षम भयौँ, जसले हाम्रा भिन्नताहरू धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ,” ग्रीरले भने ।

उनका अनुसार अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ । यही कारण अमेरिकी राष्ट्रपति ट्रम्पले कर लगाउने घोषणा गरेका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।