आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने

वाशिङ्टन, २८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्नाका लागि निर्देशन गरेका छन् ।

साथै उनले आप्रवासी निष्कासन सहज बनाउन थप केही नीति बनाएका छन् । कागजात नभएका आप्रवासी आफैले अमेरिका छाड्न चाहे फर्कने व्यवस्था पनि अमेरिकाले मिलाइदिने उनको निर्देशनमा उल्लेख छ । उनीहरूलाई बोनस रकम समेत दिइने छ ।

यसरी थपिने कर्मचारीको पुरै विवरण सार्वजनिक भइसकेको छैन। अहिले इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) अन्तरगत २१ हजार कर्मचारी छन् । समाचार संस्था अनुसार आइसिईमा अहिले नै ६१ सय अधिकृत तथा ७५० असिस्टेन्ट छन् ।

उनले सीमामा कडा सुरक्षा अपनाउन सबैलाई आह्वान गरेका छन् । अमेरिकामा सेल्फ डिपोर्ट हुन चाहनेले नयाँ एपमार्फन सम्पर्क गर्न सक्ने छन् । गत साता नै यसरी आफै फर्कने इच्छा देखाएमा एक हजार अमेरिकी डलर बोनस दिइने घोषणा गरिएको हो ।

यस बाहेक आप्रवासी फिर्ता गर्ने धेरै योजना अघि आए पनि ती योजनामा कानुनी व्यवधान पनि आएका थिए । यसै साता जिल्ला न्यायाधीश फर्नान्डो रोड्रिगुयजले यो अभियान बेकामको भएको बताए । न्यु योर्कका अर्का एक न्यायाधीशले पनि त्यसलाई निरन्तरता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।