जम्मू–कश्मीरमा फेरि गोलाबारी

एजेन्सी, २७ बैशाख । भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ ।

श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि गोलाबारी सुरु भएको जनाएका छन् ।

एएनआई न्यूज एजेन्सीका अनुसार उत्तरी क्षेत्रमा गोली र विस्फोटका आवाज सुनिएको छ । पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसी संवाददाताले जनाएका छन् ।

यसैबिच जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मूमा ‘ब्ल्याक आउट’ भएको र साइरनको आवान सुनिएको जनाएका छन् ।

‘जहाँ म छु, त्यहाँ छिनछिनमा विस्फोटको आवाज आइरहेको छ, सम्भवतः ठुलो तोपको आवाज सुनिएको छ,’ उनले ‘एक्स’मा लेखेका छन्, ‘जम्मू र आसपासमा रहेका सबैमा मेरो विनम्र अपिल छ, कृपया सडकमा ननिस्कनु होला । घरमै बस्नुस् वा कुनै यस्तो ठाउँमा बस्नुस्, जहाँ केही घण्टासम्म आरामले रहन सकियोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।