गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते

काठमाडौँ, २६ बैशाख । इजरायली सेनाको शुक्रबार जारी वक्तव्यअनुसार, गाजा पट्टीको दक्षिणी क्षेत्रमा बिहीबार भएको दुई फरक आक्रमणमा दुई जना इजरायली सैनिकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

पहिलो आक्रमणमा, २० वर्षीय लडाकु इन्जिनियर सार्जेन्ट यिशाई उरबाचको ज्यान गएको थियो, जब हामासका लडाकुहरूले राफाहस्थित एक भवनमा आरपीजी (रकेट–प्रोपेल्ड ग्रेनेड) प्रहार गरेका थिए । 

उक्त भवनमा इजरायली सैनिकहरू तैनाथ थिए । सो हमलामा दुई अन्य सैनिक घाइते भए, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूलाई हेलिकप्टरमार्फत इजरायलको केन्द्रीय अस्पतालमा लगिएको थियो ।

दोस्रो आक्रमणमा, २१ वर्षीय सार्जेन्ट याम फ्रिड एक ट्याङ्कमा भएको विष्फोटमा मारिएका थिए । राफाहमै भएको उक्त आक्रमणमा प्रयोग गरिएको आईईडी (विस्फोटक उपकरण) ट्याङ्कलाई लक्षित गरिएको थियो । ट्याङ्कमा रहेका दुई अन्य सैनिक गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्