महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

काठमाडौँ, २५ बैशाख । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले तामाङलाई पुनः महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फा मुख्यालयमा महासचिव किरण राईले तामाङलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

प्रशिक्षक तामाङ थाइल्यान्डसँग हुने मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटनिम्ति नियुक्त भएका हुन् । उनी यसअघि नेपालमा आयोजित चारदेशीय अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि टिमका प्र्रशिक्षक थिए ।

उनीसँगै टिमको गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा, व्यवस्थापकमा बिन्द्रा देवान र फिजियोथेरापिस्टमा लक्ष्मी भक्तराईलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्