महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

काठमाडौँ, २५ बैशाख । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले तामाङलाई पुनः महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फा मुख्यालयमा महासचिव किरण राईले तामाङलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

प्रशिक्षक तामाङ थाइल्यान्डसँग हुने मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटनिम्ति नियुक्त भएका हुन् । उनी यसअघि नेपालमा आयोजित चारदेशीय अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि टिमका प्र्रशिक्षक थिए ।

उनीसँगै टिमको गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा, व्यवस्थापकमा बिन्द्रा देवान र फिजियोथेरापिस्टमा लक्ष्मी भक्तराईलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको