ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित

एजेन्सी, २५ बैशाख । ब्राजिलको एक उच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै पुरुषलाई लिङ्ग तटस्थ घोषणा गरेको छ ।

अर्थात् उसलाई न त पुरुष मानिनेछ न त महिला भनिनेछ । तर, उच्च अदालतको यो निर्णय पुनरावलोकन गर्न सकिने बताइएको छ । यो फैसला बुधबार ब्राजिलको ब्रासिलियाको सर्वोच्च अदालतले दिएको हो । 

यो अनुरोध गर्ने व्यक्तिले आफ्नो जन्म प्रमाणपत्रमा लिङ्ग तटस्थ लेखाउन चाहन्थे । निवेदन दिने व्यक्ति पहिले महिला थिइन् तर लिङ्ग परिवर्तन गरेपछि उनी पुरुष बने । यस्तो अवस्थामा उनले पहिले आफूलाई पुरुषको रूपमा वर्णन गर्न माग गरिन् । तर केही समयपछि उनले पछुताइन् अनि आफूलाई लिङ्ग तटस्थ घोषणा गर्न अदालतमा अपिल गरिन् । 

प्यानलका न्यायाधीशहरूले पनि मुद्दालाई नाटकीय रूपमा वर्णन गरे, तर निवेदकले धेरै समस्याको सामना गरिरहेको कुरा पनि स्वीकार गरे । बाँकी न्यायाधीशहरू पनि यसमा सहमत भए । हाल ब्राजिलको उच्च अदालतले यो मुद्दालाई सिल गरेको छ । यो मुद्दालाई सर्वोच्च अदालतमा चुनौती दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र